Translate

breaking news

plz fallow me and share it with ur friends and suport if any things to say plz comment me subscribe my youtube channel search facebook account also If you have any articles, please mail me. I will post on this side.

Search This Blog

Monday, October 3, 2022

नेवा:हरुको मोहनी नख:, Mohni Nakhah dashain tika,


 

नेवा:हरुको मोहनी नख:


नेवा: परम्परा अनुसार कौलाथ्व पारुको दिन देखि मोहनी नखःको शुरुवात हुन्छ । नेवा: वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।

हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वा: (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वा: रोप्नका लागि माटोको भेग: (मुख खुला भएको भाँडा)मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् । किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वा: रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वा: रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वा: को पूजा मात्र गरिन्छ ।

सप्तमीको दिनमा नेवा:हरु फूलपाती भित्राउने गर्दैनन् । फूलपाती पृथ्वीनारायण शाहको विजय अभियानसंगै बिभिन्न स्थानमा मनाउन थालिएको हो । नेवा:हरुको मोहनी नखःको शुरुवात भने सप्तमीको बिहान राँगोको मासु भित्राए पछि शुरु हुन्छ । यस दिन गुठीमा काटिएको राँगोको भाग गुठीयारहरुमा बाँडिन्छ । यो मासु घरमा भित्राउने बेलामा मूल ढोकामा पुगेपछि एकैछिन बिसाउनु पर्दछ । यहि मूलढोकामा बसेर मासुको सानो सानो तीन टुक्रा निकालिन्छ । यस मध्य एक टुक्रा दाँया तर्फ देवतालाई चढाउनु पर्दछ । बाँया तर्फ पितृलाई चढाउनु पर्दछ । अर्को एक टुक्रा शिर नघाएर पछाडी चढाइन्छ । यो टुक्रा पिखालखुको लागि चढाउने गरिन्छ । यसरी मासु भित्राए पछि बिहान समयवजी खाने गरिन्छ । यस दिन खासै भोज खाने चलन हुदैन ।

अष्टमीबाट भने दशैको रौनक अलग किसिमको हुने गर्दछ । बिहान पूजा पछि सप्तमीको दिन भित्राइएको मासुको परिकार बनाएर अष्टमीको दिन भोज खाने चलन छ । अष्टमीको बिहान समयवजी खाने गरिन्छ । समयवजीको भाग मूलढोका अगाडि रहेको पिखालखुमा पनि चढाउने गरिन्छ । पिखालखु घरको रक्षक भएको हुँदा घरको कुनै पनि पूजा तथा भोजमा भाग दिन छुटाउनु हुदैन । अष्टमीको राती हरेक नेवा:हरुको घरमा "कुछिभ्वय" खाने गरिन्छ । कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा "कूलछिभ्वय" भनिएको हो । तर पछि अप्रभंश भइ "कुछिभ्वय" भन्न थालियो । यो भोज नेवा: परम्परामा बिशेष महत्व राख्ने गर्दछ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ । साथै बिबाहित दिदीबहिनीहरुको ब्व राखेर भोलीपल्ट उनिहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर अचेल खासै त्यस्तो गरेको देखिदैन । साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख: नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानैपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको व:को ठाँउमा केराउको व: बनाएर भोज खाने गरिन्छ ।

कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनु पर्छ । घौब्व तथा आगँब्व (आगनमा पिखालखको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पात(म्वाय् लप्ते)मा राखिन्छ । भागको बिचमा च्यूरा (कतै कतै दुइमाना भनिन्छ) राखिन्छ । त्यसपछि बिभिन्न खानेकुरा राखेर सजाइन्छ ।

परिवारका सबै सदस्यहरु जेष्ठता क्रमको आधारले लहरै बसेपछि प्रत्येकको अगाडि केराको पात(म्वाय् लप्ते)मा राखिन्छ । क्रमश सबै भागमा सबैभन्दा पहिले च्यूरा राखिन्छ । कतै कतै कुछि भ्वयलाई दुइमाना च्यूरा खानुपर्छ भन्दै कुरुवाले च्यूरा भरेर भाग लगाउने पनि गरिन्छ । यसपछि झोल भएको मासु र अचार राखिन्छ । यो खाँदै गर्दा बिचमा च्यूरा थप्न आँउछ । च्यूरा थपिए पछि झोल भएको अन्य तरकारीहरु राखिन्छ । यसमा आलुको तरकारी, सिमी, बोडी, तथा फर्सीको तरकारीहरु हुने गर्दछ । यो मासु नखानेहरुको लागि बिशेष रुपले बनाएको पनि हुन्छ । यस पछि भने त:कू ला राखिन्छ । शुरुमा झोल भएको मासुको तरकारीमा मासुको सानो सानो टुक्रा बनाइएको हुन्छ । जसले गर्दा सो शुरुको मासुलाई चिकु ला भनिन्छ तर पछि राखिने मासुमा भने ठूलो ठूलो टुक्रा बनाइएको हुँदा यसलाई त:कू ला भनिन्छ । यो मासु बिशेष प्रकारले बनाइएको हुन्छ । झोल नहुने तथा दहि राखेर धेरै बेरसम्म पकाएर बनाइन्छ । त:कू ला भने परिवारको हैसियत अनुसार दुइ प्रकारको पनि बनाइन्छ । एउटा राँगोको अर्को बोकाको । यो संगै भुटुवा, छ्वयला, नलु, हिघासा, क्वेँ जस्ता मासुका अन्य परिकारहरु पनि आउने गर्दछ । भनिन्छ खानेकुराहरु कम्तिमा १२ प्रकारको हुनुपर्छ । साथै भागमा राखिने छ्वयलाको संख्या पनि १२ नै हुनुपर्छ ।

नेवा:हरुको हरेक भोजमा रक्सी तथा जाँड खाने प्रचलन परापूर्वकाल देखि नै रहेको छ । तसर्थ मासुको साथमा रक्सी पनि दिने गरिन्छ । पुरुष सदस्यलाई रक्सी (ऐला) र महिला सदस्यहरुको लागि जाँड(थोँ) दिने गरिन्छ । रक्सी र जाँड बिशेष प्रकारको सलीमा दिने गरिन्छ । रक्सी सानो सलीमा राखिन्छ भने जाँड केही ठूलो सलीमा राखिन्छ । सली माटो वा ढलोटको हुने गर्दछ । मुख फराकिलो हुने भाँडोलाई सली भनिन्छ ।

त:कू ला पछि राखिने परिकार भने वाउँचा ल्याउने गरिन्छ । वाउँचा भनेको हरियो सागसब्जी हो । वाउँचा आउनु अगाडि कुनै पनि परिकार थप्दै खान सकिन्छ । तर वाउँचा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । वाउँचा पछि भने कुनै पनि परिकार थप्नको लागि अनुरोध गर्न पाइदैन । हरियो साग पछि पाउँ क्वा वा मी क्वा आउँछ । लब्सीबाट बनाइने पाउँ क्वा तातो तातो वा चिसो दुइ प्रकारको हुने गर्दछ । यहि लब्सीको झोलमा मेथी झानियो भने त्यसलाई मी क्वा भनिन्छ । खासमा यो अमिलो खानेकुरा पचाउनको लागि महत्वपूर्ण हुने हुँदा भोजको करिव करिव अन्तिममा दिने गरिन्छ । यो अमिलोले रक्सिको नशालाई पनि कम गराउने गर्दछ । अचेल भने सबै परिकार एकैसाथ राखिदिने तथा थाहा नपाइकन सबै मिसाएर एकसाथ खाने गरिएको पाउँछौ ।

यसपछि दही दिने गरिन्छ । दही बाँड्न आँउदा भने इच्छा अनुसारको च्यूरा पनि राखिने गरिन्छ । तर दहीसंग इच्छा नलागेकोले दही मात्र पनि खान सकिन्छ । दही राख्ने बेलामा पनि जेष्ठता क्रममा नै राख्ने गरिन्छ । दही शुभमंगलको पनि प्रतिक भएको हुँदा शुरुमा खाने ब्यक्ति भाग्यमानी हुने हुँदा कहिले काँही परिवारको कुनै एक सदस्यलाई सबैभन्दा पहिले दही दिएर पनि उसले चाहेको पुरा होस भनेर शुरुमा दिने पनि चलन यदाकदा भेटिन्छ । दही पछि सिसाफुसा ल्याइन्छ । सिसाफुसा भनेको फलफूल काटेर टुक्रा टुक्रा बनाइएको हो । तर फलफूलको साथमा भिजाइएको केराउ र काटेको मुला पनि हुने गर्दछ । सिसाफुसासंग अन्तिम पटक रक्सी तथा जाँड पनि राख्ने गरिन्छ । यसपछि बल्ल कुछिभ्वय समाप्त हुन्छ ।

कुछिभ्वय खान सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । बिचमा उठ्नु पर्दा सबैभन्दा पहिले जेष्ठ सदस्यसंग अनुमति लिनु पर्छ । त्यसपछि आफ्नो दाँयाबाँया बसेकोसंग अनुमति लिए पछि मात्र उठ्न पाइन्छ । यसरी कुछिभ्वय समाप्त हुन्छ ।

कुछिभ्वयको भोलिपल्ट 'स्याक्वत्याक्व' भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारी साधनको पूजा तथा बलि दिने गरिन्छ । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।

"स्याक्वत्याक्व' शव्द भने सयेकुक्व त्यात शव्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शव्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावरको टाउकोको भागलाई "सिका:भू" लिने गरिन्छ । परिवारको ठूला देखी साना सम्मको पुरुष सदस्यको भागमा नाक, कान, आँखा, बङ्गरा आदी बाँडिन्छ । नवमीको रात मोहनीको मूख्य टिका मोहनी सिन्ह बनाउने गरिन्छ । यहि मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो ।

बलिरहेको दियोमा माथीबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वासोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टिकालाई पहिले तान्त्रिक बिधीबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धी प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।

दशमीको दिनलाई नेवारहरु चालं भन्ने गर्दछन् र अन्य जातिले मनाउने दशैमा झै नेवारहरुमा पनि घटस्थापनाको दिन रोपिएको नल स्वा: निकालेर मोहनी सिन्ह लगाइदिने र नल स्वा: पनि दिने गरिन्छ । साथै नेवारहरुमा रातो वा सेतो रङको "क्वखा" अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ ।

दशमीको भोलिपल्ट चालं क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएको औजारहरु तथा पुस्तकहरुलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई ल:ल्हाये (दिने) गरिन्छ । टिका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरु सबैकोमा टिका थाप्न जानुपर्छ ।
Source : Su



Neva's charm: Neva: According to tradition, Mohni Nakhah starts from the day of Kaulathva Paru. Neva: Kaula is the last month of the year. The calendar of Nevas is according to the lunar month. On the first day of every month, the new month starts from Paru (Pereva Tithi). Mohini Nakha starts on the first day of Kaula month. After this, the new year of the new women begins in the women's kachla. Which falls on the day of Mhapuja. However, just like the Dashain celebrated by other castes, in Mohini Nakhah, on the day of Ghatasthapana, Nal Swa: (Jamra) is planted. Early in the morning, go to the nearby river and bring pure sand and pure water from the bank of the river to plant the Nal Swa. After worshiping and planting barley, the field is covered again with another rent. The reason for planting jamra in this way is to prepare pure flowers for the goddess. Don't let the sun catch your eye. Daily pooja is done to prepare a completely pure jamra so that even moths do not get stuck. But nothing much is done in the intervening days after Nal Swa: is planted. In Kathmandu, on the day of Panchami, the festival of Pachimahr or Pachali Bhairav ​​is celebrated. Otherwise, only Nal Swa: is worshiped along with daily daily puja for seven days after planting Nal Swa. On the day of Saptami, the Nevas do not put flowers inside. Phulpati has been celebrated in various places along with Prithvi Narayan Shah's victory campaign. The beginning of Mohini Nakhah of Nevas starts after the meat of Rango is eaten on the morning of Saptami. On this day, the portion of Rango cut into Guthi is distributed among the Guthiyars. When this meat is brought into the house, it should be left immediately after reaching the main door. Three small pieces of meat are taken out sitting on this main door. A piece of this should be offered to the god on the right side. On the left side, Pitra should be climbed. Another piece is carried behind without covering the head. This piece is offered for Pikhalkhu. In this way, the meat is eaten in the morning. There is no tradition of eating much on this day. From Ashtami, the brightness of Dasha is different. After the morning puja, it is customary to prepare a meat dish that was brought in on the day of Saptami and have a feast on the day of Ashtami. On the morning of Ashtami, Samayavaji is eaten. Part of Samayavaji is also offered to Pikhalkhu in front of Muldho. As Pikhalkhu is the guardian of the house, he should not be missed to participate in any house worship and feast. On the night of Ashtami, "Kuchhibhvay" is eaten in every Newa's house. It is called "Koolchibhavya" because all the members of the clan sit together and eat in a row. But later it was not understood and started saying "Kuchhibhvay". This feast holds special importance in Newa tradition. Even if a member of the school could not attend this feast, he should be replaced by a member. Also, there is a tradition that the married sisters should keep their husbands and leave them at their houses the next day. But now it doesn't seem to be doing that much. Also, another important thing is that Kuchivya should not be missed in any year under any circumstances. There is a tradition that even if a family member dies and there is no way to celebrate it, Kuchivya should be eaten. Even if a member of the family dies on the same day, after the cremation is over, ginger is eaten as meat and instead of meat, banana is eaten. While putting on the bow of Kuchivvaya, one should first put on the dyabva (part of the deity). After putting Ghaubwa and Agamwa (the part of Pikhalakh in the fire), you should put Bwa equal to the number of the family. When applying the part of Kuchivva, it is placed on a banana leaf (mwai lapte). Chura (sometimes called Duimana) is placed in the middle of the part. Then it is decorated with various foods. After all the family members are seated in the order of seniority, they are placed in front of each one on a banana leaf (mwai lapte). Sequentially, all parts are first chipped. In some places it is also done to fill the portion with chura, saying that some bhavay should eat duimana chura. After this, the jhol meat and pickles are placed. While eating it, add chiura in the middle. After adding chura, other vegetables with jhol are placed. It contains potato vegetables, beans, bodi, and parsley vegetables. It is also specially made for non-meat eaters. After this, ta:ku la is kept. In the beginning, small pieces of meat are made in jhol meat vegetables. That is why the first meat is called Chiku La, but the meat that is placed later is called Ta: Ku La because it is made into large pieces. This meat is prepared in a special way. It is made by cooking it for a long time with no jhol and curd. According to the status of the family, ta:ku la is also made of two types. One is a snake and the other is a goat. Along with this, there are other meat dishes like Bhutuwa, Chhwayala, Nalu, Highasa, Kwe. It is said that there should be at least 12 types of food. Also, the number of images placed in the part should be 12. The practice of consuming alcohol and sugar in every feast of the Newas has existed since ancient times. Therefore alcohol is served along with meat. Alcohol (Aila) is given to male members and Jand (Thon) to female members. Alcohol and honey are given in a special type of salima. The wine is kept in a small vessel and the honey is kept in a larger vessel. Sludge is soil or clay. A pot with a wide mouth is called Sali. The dish that is kept after ta:ku la is brought to the table. Wauncha means green vegetables. Any dish can be added before the wancha comes. But it should be understood that the feast is over when the left comes. No after left

No comments:

Post a Comment

if you have any doutes at this site u can massage me