Translate

breaking news

plz fallow me and share it with ur friends and suport if any things to say plz comment me subscribe my youtube channel search facebook account also If you have any articles, please mail me. I will post on this side.

Search This Blog

Saturday, June 11, 2022

४६ औ जिल्ला वार्षिक साधारण सभामा, 46th District Annual General Meeting


 नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको


४६ औ जिल्ला वार्षिक साधारण सभा

२०७९ जेठ २८ गते शनिवार
            `नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४६ औं जिल्ला वार्षिक साधारण सभा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको आतिथ्यतामा सिद्धार्थनगरमा रहेको यूनिक ब्याङ्केट सभा हलमा सम्पन्न भएको छ । जिल्ला शाखाका सभापति प्रेमलाल उदासको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका निवर्तमान सभापति संजीव शर्मा रेग्मी, जिल्ला शाखाका सल्लाहकार विमल बहादुर शाक्य, जिल्ला कार्य समिति सदस्य एवं केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको थियो भने नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापाले प्राप्त गर्नु भएको वामदेव स्मृति पुरस्कार २०७८ को घोषणा जिल्ला शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेबाट भएको थियो । आ.व. २०७७।०७८ र २०७९ बैशाख सम्मको प्रतिवेदन एवं आ.व. २०७९।०८० को प्रस्तावित कार्यक्रम जिल्ला शाखाका मन्त्री आर मोहम्मद खाँ तथा आ.व. २०७७।०७८ लेखा प्ररिक्षण प्रतिवेदन एवं आ.व. २०७९।०८० को प्रस्तावित कार्यक्रम र बजेट कोषाध्यक्ष रुपमा कुमारी हिराचनले प्रस्तुत गर्नु भई अनुमोदन गरिएको थियो भने जिल्ला शाखाका लेखा समिति संयोजक विजयनारायण श्रेष्ठबाट सल्लाह सुझाव सहितको प्रतिवेदन पेश भएको थियो । उक्त अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कार २०७८ बाट बरिष्ठ ल्याब प्राविधिक केशर सिंह गाहा, उत्कृष्ट स्वयंसेवक पुरस्कार २०७८ बाट देवदह उपशाखाका पूर्व सभापति गोपाल ढकाल, महिला सदस्यता अभिबृद्धि पुरस्कार २०७८ बाट सिद्धार्थ उपशाखा, आजिवन सदस्यता अभिबृद्धि पुरस्कार २०७८ बाट सिद्धार्थ उपशाखा, उत्कृष्ट उपशाखा २०७८ तेस्रो पुरस्कारबाट मणिग्राम उपशाखा, उत्कृष्ट उपशाखा २०७८ दोस्रो पुरस्कारबाट धकधई उपशाखा, उत्कृष्ट उपशाखा २०७८ दोस्रो पुरस्कारबाट मणिमुकुन्द उपशाखा, उत्कृष्ट उपशाखा २०७८ प्रथम पुरस्कारबाट बुटवल उपशाखा सम्मानित हुनु भएको थियो । सिद्धार्थ उपशाखाका कार्यवाहक सभापति राजेश जि.सी. ले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सिद्धार्थ उपशाखाका उपसचिव सिता भट्टराईले गर्नु भएको थियो ।
46th District Annual General Meeting on Saturday 28th June, 2079 BS
46th District Annual General Meeting
Saturday, June 28, 2079
            ४ The 46th Annual General Meeting of the Nepal Red Cross Society, Rupendehi District Branch was held at the Unique Banquet Assembly Hall in Siddharth Nagar under the hospitality of Siddhartha Sub-Branch of Nepal Red Cross Society. The meeting was presided over by District Branch President Premlal Udas, hosted by Siddharthnagar Municipality Chief Istiaq Ahmed Khan and hosted by Nepal Red Cross Society, Lumbini General Secretary Krishna Pangeni. Working Committee Member and Central Member Mahendra Kumar Shrestha gave congratulatory remarks while the winner of Nepal Idol Season 4 Bhupendra Thapa received the Bamdev Memorial Award 2078 was announced by District Branch Deputy Chairman

 Deepak Chhetri Neupane. A.W. Reports up to 2077.078 and 2079 Baishakh and FY The proposed program for 2079-080 was conducted by District Branch Minister R. Mohammad Khan and A.V. 2077.078 Audit Report and A.W. The proposed program and budget of 2079/80 was presented and approved by Kumari Hirachan as the treasurer and the report was presented by Vijay Narayan Shrestha, coordinator of the district branch's accounting committee. On the occasion, Keshar Singh Gaha, Senior Lab Technician from Best Employee Award 2078, Gopal Dhakal, Former President of Devdah Sub-Branch from Best Volunteer Award 2078, Siddhartha Sub-Branch from Women Membership Enhancement Award 2078, Siddhartha Sub-Branch from Lifetime Membership Growth Award 2078, Manigram from Best Sub-Branch 2078 Third Prize Dhakdhai sub-branch was awarded the second prize for the best sub-branch 2078, Manimukunda sub-branch was awarded the second prize for the best sub-branch 2078 and Butwal sub-branch was awarded the first prize for the best sub-branch 2078. Acting President of Siddhartha Sub-Branch Rajesh G.C. The program was hosted by Sita Bhattarai, Deputy Secretary of Siddhartha Sub-Branch.





No comments:

Post a Comment

if you have any doutes at this site u can massage me