शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना खुल्यो
लुम्बिनी प्रदेश बुटवल उपमहानगरपालिकाको एतिहासिक स्थलमा अवस्थित पुरानो बटौली बजार वडा नं. १ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सत्र २०७८ का लागि यही असार १३ गते देखि नयाँ व्यवस्थापनका साथ कक्षा नर्सरी देखि कक्षा ८ सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ, साथै यस बर्ष देखि सबै कक्षाहरु शिक्षामा नविन प्रविधिका साथ ICT को प्रयोग गरि अध्यापन गराइने समेत जानकारी गराइन्छ ।
कक्षा ६ ७ र ८ मा स्मार्टबोर्डको
प्रयोग गरि कक्षा सञ्चालन गर्ने यसै गरि अरु कक्षाहरुमा प्रोजेक्टरको प्रयोग बाट
कक्षा सञ्चालन गर्ने र बालबिकासका बालबालिकाहरुलाई टेलिभिजनको प्रयोग गरि
मन्टेश्वरी तरिकाले पठनपाठनलाई प्रभावकारी ढंगबाट संञ्चालन गर्ने बताइएको छ । आप्mना नानी बाबुहरुलाई
समयमै भर्ना गराइ पाठ्यपुस्तक लैजानका लागि पनि विद्यालयले अनुरोध गरेको छ ।
विद्यालयका विशेषताहरु ः
१ दक्ष तथा अनुभवी शिक्षकहरुबाट
अध्यापन,
२ बालमैत्री वातावरणमा अध्यापन,
३ भौतिक सुविधा सम्पन्न विद्यालय,
४ पुस्तकालयको व्यवस्थापन,
५ ICT तथा विज्ञान प्रयोगशालाको व्यवस्था,
६ कम्पाउण्ड सहितको मैदान,
७ कक्षा नर्सरीका बालबालिकाहरुलाई
मन्टेश्वरी पद्दतिद्धारा शिक्षण एवम् प्रयाप्त शैक्षिक सामग्रीको व्यवस्था,
८ बालबालिकाहरुको नियमित स्वास्थ्य
परिक्षणको व्यवस्था,
९ अत्याधुनिक शैक्षिक सामग्रीको
प्रयोग गरि अध्यापन,
१० कक्षा ५ सम्म निःशुल्क खाजाको
व्यवस्था,
११ विद्यार्थीको प्रतिभा प्रस्फुटनको
लागि अतिरिक्त क्रियाकलापहरु संचालन ।
No comments:
Post a Comment
if you have any doutes at this site u can massage me