Translate

breaking news

plz fallow me and share it with ur friends and suport if any things to say plz comment me subscribe my youtube channel search facebook account also If you have any articles, please mail me. I will post on this side.

Search This Blog

Wednesday, June 9, 2021

नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखा बुटवलले १५०० मास्क वितरण गर्याे ।

मिति २०७८ जेठ २६ गते बुधबार    

नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सहयोगमा उपशाखाका सभापति श्री सुहा बहादुर नेपालीको अध्यक्षतामा १५०० पिस मास्क वितरण भएको छ । परोपकार दान विभागका प्रधान सेवक श्री गौतमलाल शाक्यको उपस्थितिमा वडा नं. १ वडा अध्यक्ष श्री महेन्द्र लिगलज्यूको प्रमुख आतिथ्तामा ३०० पिस मास्क वितरण भएको छ , उजिरसिंह मा.वि. लाई २०० पिस मास्क विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थितिमा, यसै गरि अस्थायी प्रहरी बिटका इन्चार्ज श्री कृष्ण बहादुर चुदालीको टोलीलाई लायन्स आँखा अस्पतालको प्रतिक्षालय अगाडी , बुटवल उपमहानगरपालिका वडा नं. १ र २ लाई मास्क वितरण गरिएको छ , यसै गरी बुटवल वडा नं. २ मा अवस्थित बृद्धा आश्रमलाई गरि १५०० मास्क वितरण सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपशाखाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।













कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै आदर्निय समाजसेवी महानुभावहरुलाई सभापति ज्यूबाट धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी श्री सुवेन्द्र श्रेष्ठ , श्री महेन्द्र राजभण्डारी , श्री गोपाल पात्रबंश , श्री विजयरत्न शाक्य , केशव खनाल आदिको सकिृय उपस्थिति रहेको थियो ।


                                           



   








No comments:

Post a Comment

if you have any doutes at this site u can massage me