हरेक वर्षको जून महिनाको १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ ।
स्वच्छ रगतको उपलब्धता,
स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य
जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ, यो दिनमा । यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो । सन्
२०२१ को विश्व रक्तदाता दिवसको नारा भने न्ष्खभ दयियम बलम पभभउ तजभ धयचमि दभबतष्लन
तय भएको छ ।
यसको अर्थ, विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ भन्ने हो ।
रक्तदानको इतिहास
सन् १९६५ भन्दा अगाडिको समयमा लैजान चाहन्छु, उतिबेला चिकित्साशास्त्र
आधुनिककालमा जति आधुनिक हुने सवाल नै रहेन । एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत
प्रवाह गरिँदा धेरै दुर्घटनाहरू अनि वियोगहरू भएका थिए ।
रिचार्ड लोवर भन्ने एउटा वैज्ञानिकले एउटा कुकुरबाट
अर्को कुकुरमा रगतको प्रवाह गर्दा दुवै कुकुर जीवित नै भए । यसो गर्दा यिनले रगतको
प्रवाह, रगत
जम्ने प्रक्रिया लगायत अन्य थुप्रै तथ्यहरू फेला पारे । उनको त्यही सिकाईले पछि
मानवीय चिकित्सा पद्धतिमा युगान्तकारी परिवर्तन ल्यायो । रक्तदानका पिता भनेर
चाहिँ वैज्ञानिक कार्ल ल्यान्सटाइनरलाई चिनिन्छ । सन् १८६४ मा जून १४ तारिखमा
अष्ट्रियामा जन्मेका यिनले रक्तदानमा गरेको योगदानलाई सन्झना गरिँदै आज विश्वभरि
रक्तदाता दिवस मनाइन्छ ।
मानव रगतका समूहहरू एबीओ गु्रप सन् १९०३ मा यिनै
कार्लले पत्ता लगाएका थिए । यसरी रक्त समूहको पहिचान भएपछि रक्तदानले मानव
चिकित्सा पद्धतिमा ठूलो फड्को मा¥यो । यसरी रक्त समूहहरूको पहिचान गरी समूह अनुसार रगत दिन
थालेपछि कसैको पनि मृत्यु भएन । अनि सहजै रगतको आवश्यकतामा रहेका बिरामीहरूलाई
जोगाउन सकिने भयो ।
हरेक वर्ष ठूलो संख्यामा मानिसहरूलाई रक्तदानका कारणले
गर्दा मृत्युबाट जोगाउन सम्भव छ । अझ महामारी, युद्ध र दुर्घटनाका समयमा त रक्तदानको महत्व झनै धेरै हुन्छ ।
कोरोना संक्रमणका समयमा पनि ‘प्लाज्मा थेरापी’ लगायत अन्य थुप्रै रक्तजन्य दानका कारणले बिरामीहरूको जीवन
रक्षार्थ सहज भएको छ ।
नेपालमा पनि सरकारी तथा गैरसरकारी संस्थाहरूको
नेतृत्व र सहजीकरणमा स्वयंसेवाउन्मुख रक्तदान कार्यक्रमहरू गरिन्छ । रेडक्रस, परोपकार लगायत अन्य थुप्रै
संस्था, सञ्जालहरू
अनि पछिल्लो समयमा त फेसबुक समूह, ट्वीटर रिट्वीटहरू लगायतका कारणले पनि रगत खोज्न ‘डिजीटल्ली’ सरल भएको छ । आज ती समस्त
रक्तदाता, सहजीकरण
गर्ने व्यक्तिहरू, शेयर र
कमेन्ट गरेर सम्बन्धित पक्षसम्म पोष्ट पु¥याउने मानिसहरूलाई साधुवाद छ । रगतको अभावले कसैले जीवन गुमाउन
नपरोस्, यो हामी
सबैको दायित्व हो ।
आज सम्झना गर्न चाहन्छु, युथ फर ब्लड, ब्लड पाल नेपाल लगायत अन्य
थुप्रै रक्तदानलाई सहजीकरण गर्ने सञ्जालहरूलाई, कसैको जीवन जोगाउन आफैँ फोन गरेर अस्पतालको दैलोसम्म आइपुगिदिने
रक्तदाताहरू लगायत सबै सहयोगी हातहरूलाई ।
कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
उमेरले १८ वर्ष पूरा भएको ६० वर्षसम्मका पुरुष वा
महिलाहरूले रक्तदान गर्न सक्छन् । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि
हुनुपर्छ । ब्लड प्रेशर ११०÷७०, १६०÷९५ मि.मि. मर्करी हुनुपर्छ ।
त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२
ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा
हुनुपर्छ । जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरूले
रक्तदान गर्न हँुदैन ।
उल्लेखित रोग नभएका स्वस्थ मानिसले पुरुषले हरेक तीन
महिनामा र महिलाहरूले महिनावारी नभएको अवस्थामा,
बच्चा पेटमा नभएको अवस्थामा र बच्चाले दूध खाने
अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्न सक्छन् ।
नेपालमा रक्तदानको इतिहास ७० वर्ष पुरानो छ ।
नेपालका प्रथम रक्तदाता दयावीरसिंह कंसाकारले वि.सं. २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’को पुनीत अभियान सुरु गरेका थिए
। तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरेर यो अभियानलाई अघि बढाएको इतिहास छ ।
प्रेमसागर कर्माचार्य नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिमा पर्छन् । ‘ए पोजेटिभ’ रगत भएका उनले हालसम्म १३५ पटक
रक्तदान गरी पुण्य अभियानमा समर्पित छन् ।
रक्तदान गर्नु हामी सबैको दायित्व हो । जीवनदान
भन्दा ठूलो पुण्य केही हुँदैन । रक्तदाता दिवसको शुभकामना ।
No comments:
Post a Comment
if you have any doutes at this site u can massage me