सबै सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा १ हप्ता भित्र
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयको २०७७ सालको बार्षिक परिक्षा असारमा गर्ने भएको छ । स्रोतका अनुसार मिति २०७८ जेठ २३ गते बसेको शिक्षा महाशाखाको बैठकको निर्णय अनुसार कोभिड १९ संक्रमण जोखिमको कारण निषेधाज्ञा कायम रहिरहेको अवश्थामा कक्षा १ देखि कक्षा ९ सम्मको अन्तिम परिक्षा निषेधाज्ञा हटाइएको १ हप्ता भित्र बार्षिक नतिजा प्रकाशन गर्ने निर्णय भएको छ ।
मुल्याङकनका आधारहरु प्रथम त्रैमासिक परिक्षा ३० प्रतिशत,दोस्रो त्रैमासिक परिक्षा ५० प्रतिशत र आन्तिरक मुल्याङकनबाट २० प्रतिशत गरि कुल १०० प्रतिशत बनाइ नतिजा निकाल्ने तयारी रहेको कुरा बताइएको छ ।
No comments:
Post a Comment
if you have any doutes at this site u can massage me