Translate

breaking news

plz fallow me and share it with ur friends and suport if any things to say plz comment me subscribe my youtube channel search facebook account also If you have any articles, please mail me. I will post on this side.

Search This Blog

Thursday, June 10, 2021

कार्यमुलक अनुसन्धान (action reserch)


कार्यमुलक अनुसन्धान

अनुसन्धानको विषय


कम्प्यूटर विषय अध्यापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ


अनुसन्धानकर्ता ः– विजयरत्न शाक्य

विषय ः – कम्प्युटर

तह ः– प्रा. वि.

श्रेणी ः–तृतिय

विद्यालय ः– श्री सरस्वती आधारभूत विद्यालय

बटवल १, नारायणस्थान, रुपन्देही

२०७६

भूमिका

शिक्षकको कार्यप्रणालीमा सुधार गर्ने हेतुले यो कार्यमुलक अनुसन्धान गरिएको हो । कक्षामा हुने पठनपाठन बारे खलस्त किसिमले जानकारी गरी सुधार र प्रभावकारिता अभिवृद्धि गर्न यस प्रकारको अनुसन्धानबाट विशेष सहयोग मिल्दछ । यसै पृष्ट भूमिमा हाम्रो विद्यालयको नि. मा. वि. तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कम्प्युटर विषयको अध्यापन गराउदै आएको छु ।


यस श्री सरस्वती आधारभूत विद्यालय बुटवल उपमहानगरपालिका वडा नं. १ मा अवस्थित विद्यालय शहरी क्षेत्रको एक ऐतिहासिक नगरीको बिचमा भएर पनि पहुच विहिन जस्तो भइ रहेको अवस्थामा छ । यस विद्यालयमा कक्षा शिशु देखि ८ सम्म कक्षा सञ्चालन भएको अवस्थामा कक्षा ६ देखि ८ सम्मको स्थानिय विषयको रुपमा कम्प्युटर शिक्षाको अध्यापन भएको विगत ६ वर्ष भैइसकेको छ । कम्प्युटर शिक्षाको थालनी देखि नै म प्रा. वि. तहको शिक्षक भएर पनि नि. मा. वि. तहको कम्प्युटर विषय अध्यापन गराउदै आएको छु । कम्प्युटर विषयको थालनी हुदाको अवस्थामा कम्प्थूटर नै थिएन विस्तारै २, ३ गर्दै हालको समयमा आउदा अहिले ६ ओटा सम्म कम्प्युटर सञ्चालनमा रहेको छ ।


अनुसन्धानको पृष्ठभूमि


यस विद्यालयमा अध्ययरत अधिकांश विद्यार्थीहरु बुटवल क्षेत्र बाहिरबाट आएका र बर्ष भरि पनि एकै ठाँउमा नबस्ने , रोजगारीको अवसर जहाँ राम्रो मिल्यो त्थही ठाँउमा जाँदा आपmना छोरा छोरीलाइ समेत बिचैमा विद्यालय छुटाएर लैजाने प्रविृतिका कारणले पनि बालबालिकाहरुको अध्ययन प्रभावकारी हुन सकेको छैन ।   


कम्प्युटर विषयको अध्ययन आपmैमा खर्चिलो विषय पनि हो । किनभने यो विषयको अध्ययनको क्रममा कम्प्युटर अनिवार्य चाहिने र कम्प्युटर सञ्चालनको लागी वि–ुत नभइ नहुने अति आवश्यक कुरा हो र एउटा कम्प्युटर मात्रले कक्षाको सबै विद्यार्थीहरुलाई प्रयाप्त नहुने प्रत्येक विद्यार्थी एक कम्प्युटर आवश्यक पर्ने भएकोले अरु विषय भन्दा बढी खर्चिलो रहन्छ । अरु विषयको जस्तो अध्यापन गरिसके पछि गृहकार्यको रुपमा घरमा पनि अध्ययन गनृुर्ने तयारी गरी आउनु पर्ने जस्तै कम्प्युटर विषयको पनि गृहकार्य गराउदा सैदान्तिक भन्दा प्रयोगात्मक बढी प्रभावकारी हुने तर सबै विद्यार्थीहरुको घरमा कम्प्युटर नभएकोले अध्यापनमा समस्या आएको पाइयो ।


समस्याको पहिचान


उक्त विषयमा अध्ययन तथा अनुसन्धानकोे क्रममा मैले निम्न समस्या जुटाउन सफल भए ।


तथ्याङ्क संकलन


·       थोरै पैसाले कम्प्युटर नआउने ।


·       सबैले कम्प्युटर लिन उनीहरुका अभिभावकहरुको पहुच नभएको ।


·       विद्यालयमा भएको कम्प्युटर निश्चित समयको लागि मात्र प्रयोग हुने ।


·       विद्यालयमा भएको कम्प्युटर पनि विजली गइरहने समस्याले प्रभावकारी नहुने ।


 


उदेश्य


·       घरमा कम्प्युटर नभए पनि विद्यालयमा सबैको पह’च बनाउन ।


·       कम्प्युटर विषय भनेको सैद्धान्तिक भन्दा प्रयोगात्मकमा बढी जोड दिने विषय भएकोले बढी समय प्रयोगात्मकमा दिन लगाउने ।


·       कम्प्युटर विषय प्राविधिक धार अन्तर्गत पनि पर्ने भएकोले ब्यवसायमा प्रयोग गर्न जान्ने बनाउने ।


·       कम्प्युटर विषयमा सामान्य आउने समस्या समाधान गर्न सक्ने बनाउने ।


क्रियाकलाप


्य विद्यार्थीहरुलाई कम्प्युटर कोठामै लगेर शिक्षण गराउने ।


्य सैद्धान्तिकलाई कक्षाकोठामा कम समय दिएर प्रयोगात्मक सिकाइलाई बढि समय दिने ।


्य सैद्धान्तिक विषय र पढेर जान्ने विषयलाई घरमा तयारी गरेर आउन लगाउने ।


्य कम्प्युटरको संख्यामा वृद्धिको लागी जोड दिइ एक विद्यार्थी एक कम्प्युटर बनाउने ।


्य विद्यालयमा भएको कम्प्युटर निश्चित समय सम्म मात्र प्रयोग गर्न सक्ने भएकोले ४ बजे पछिको समयमा पनि विद्यार्थीहरुलाई पालो अनुसार प्रयोग गर्न दिने ।


्य विद्यालयमा शिक्षण क्रियाकलापको क्रममा विजुली जाने समस्या भएको अवस्थामा बैकल्पिक समाधान जस्तै जेनेटर वा इनर्भटरको ब्यवस्थाका लागी सम्बन्धित निकायमा सम्पर्क गर्ने ।


्य कम्प्युटरमा आउने सामान्य समस्यालाई समाधान गर्न विद्यार्थीहरुलाई प्रयोगात्मकमा जोड दिने ।


्य विद्यार्थीहरुले विद्यालय बिचैमा छोडेर  गएको अवस्थामा पनि ब्यवसायिक कार्यमा कम्प्युटरको प्रयोगले आफनो जिवीकोपार्जन गर्न सक्ने खालको सिकाइ गराउने ।


 


निस्कर्ष


माथि उल्लेखित बुदा अनुसारको क्रियाकलापमा जोड दिएर निम्न कार्य गरिसकेपछि विद्यार्थीहरुले कम्प्युटर विषयमा कम्प्युटरको बढि भन्दा बढि प्रयोग गरेको पाए र दैनिक जविन आउन सक्ने सामान्य समस्यालाई विद्यार्थी स्वंयमले आफै समाधान गर्न सक्ने छन् । विद्यालय समयमा शिक्षण कार्यमा विजुली गएर आउने समस्या कम हुने विश्वास लिएको छु जस्ले गर्दा प्रयोगात्मक प्रभावकारी हुनेछ । यदी कुनै विद्यार्थीले आफनो पढाइ बिचैमा छोडेको अवस्थामा उस्ले आफुले सिकेको सिपले आफनो जिविकोपार्जन आफै गर्न सक्नेछन् ।


No comments:

Post a Comment

if you have any doutes at this site u can massage me